मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ।
बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिन सक्नेछ। सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ।
सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ। समितिले ३ जनाको नाम पठाएपछि मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गर्नेछ।
गभर्नर नियुक्तिमा ढिलाइ भएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। उनीहरूबीच यही साता गभर्नर नियुक्त गर्ने सहमति बनेको बताइएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा गुणाकर भट्टलाई गभर्नर बनाउन सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिएको छ।
Shares

प्रतिक्रिया