कमल थापा नेतृत्वको राप्रपा नेपालको आयोजनामा भोलि राजावादीहरुले प्रदर्शन गर्ने भएका छन्। तीनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई लगायतका माग राख्दै प्रदर्शन हुन लागेको हो।
राप्रपा नेपालका महामन्त्री एवं प्रवक्ता राजाराम बर्तौलाले प्रदर्शनमा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टलाई निमन्त्रणा गरिएको जानकारी दिए।
‘पार्टी अध्यक्ष कमल थापाले बिभिन्न शीर्ष नेताहरुसँग सम्पर्क ,समन्वय गर्नुभएको छ’ उनले भने, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसँग अध्यक्षज्यूको कुरा भएको छ। उहाँहरुले आउने बचन दिनुभएको अध्यक्षज्युबाट जानकारी भएको छ।’
पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा प्रदर्शन आयोजना हुने बताइएको छ।
Shares

प्रतिक्रिया