भारतीय राज्य मध्य प्रदेशको मन्दसौर जिल्लाको बुढा-तकरवत फाँटे क्षेत्रमा आइतबार एउटा भ्यान इनारमा खस्दा १० जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार यो दुर्घटना दिउँसो २ बजेतिर मन्दसौरको नारायणगढ प्रहरी चौकी क्षेत्रमा भएको हो।
रतलाम रेन्जका डीआईजी मनोज कुमार सिंहका अनुसार, ‘यो दुर्घटना आइतबार दिउँसो भएको हो। उद्धार अझै जारी छ। अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ र चार जना घाइतेलाई उद्धार गरिएको छ, जसलाई मन्दसौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ।’
भ्यानमा रहेका मानिसहरू सीमावर्ती जिल्ला नीमचको मनसा क्षेत्रमा रहेको अन्तारी माता मन्दिरको दर्शन गर्न गइरहेका थिए।
यसै क्रममा भ्यान बाइकसँग ठोकियो र सन्तुलन गुमाउँदा इनारमा खस्यो।
195
Shares

प्रतिक्रिया