राजनीति


गणतन्त्रमाथि कालोबादल मडारिएको छ: चित्रबहादुर केसी

गणतन्त्रमाथि कालोबादल मडारिएको छ: चित्रबहादुर केसी

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:५३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको उनको भनाइ छ। 

उनले गणतन्त्रवादी दलहरू भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेति गरिरहेको सुनाए। उनले मुलुक र व्यवस्था जोगाउनको लागि आम नागरिक सचेत हुन आवश्यक रहेको बताए।

‘अहिले देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको छ। एउटा विमानस्थल बनाउँदा १० अर्ब लुट्ने भनेपछि त त्यो बाहिरकाले खाएको छ ? विदेशीहरुले आएर खाएको छ ? शिक्षकहरुको समस्या त्यस्तै छ,' उनले भने, 'तैपनि अहिलेको स्थितिमा गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि जुन खालको कालो बादल मडारिएको छ। त्यसका बारेमा सबै राजनीतिक पार्टीहरू खासगरेर लोकतन्त्र र गणतन्त्रवादीहरू सचेत हुनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad