राजनीति


रास्वपाले भन्यो: यो गठबन्धन अझै लामो जाओस् शुभकामना

रास्वपाले भन्यो: यो गठबन्धन अझै लामो जाओस् शुभकामना

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने र अझै लामो समयसम्म गठबन्धन होस् भन्दै कटाक्ष गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैन ढल्दैन भनेर अभिव्यक्ति दिइरहेको सुनेको भन्दै नढलोस् भन्दै कटाक्ष गरेका हुन्। 
 
'प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्। यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकमना दिन चाहन्छु,' उनले भने, 'यति महिनामा यो यो गर्‍यौँ भनेर परिणाम सुनाउनुभयो भने अझै राम्रो सुनिन्थ्यो होला, सरकार ढल्छ कि ढल्दैन भन्नुभन्दा पनि।'

गठनबन्धन कतिसम्म गिर्दो रहेछ भनेर देखिन पनि सरकार ढल्न नहुने उनको भनाछ। उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सातबुँदे सहमति सत्तासाझेदार दलले नै बिर्सिएको भन्दै के थियो भन्ने सम्झन आग्रह गरे।

'पहिलो बुँदा थियो, सहकारीको समस्या समाधान गर्ने नाममा नयाँ आएको दलको नेतालाई थुन्ने। दोस्रो, स्थानीय तहलाई सहजीकरण गर्ने नाममा बालेनहरूलाई अवरुद्ध गर्ने,' उनले भने, 'तेस्रो, आफ्नो मान्छे नियुक्त गर्ने क्रममा काम गरिरहेको कुलमानहरूलाई लखेट्ने। चौथो, गठबन्धनले गभर्नरहरू नियुक्ति गर्दै गर्दा उसको दक्षता, क्षमताको आधारमा भन्दा पनि कुन कोटामा कुन बिचौलियाको घरबाट आएर कुन नामलाई नियुक्ति गर्ने।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad