कारोबार


अर्थमन्त्रीले बैठकै नबोलाएपछि विजयनाथ भट्टराईले छोडे गभर्नर सिफारिस समिति

अर्थमन्त्रीले बैठकै नबोलाएपछि विजयनाथ भट्टराईले छोडे गभर्नर सिफारिस समिति

समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेल, सदस्यद्वय पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल


सम्झना घिमिरे
बैशाख ९, २०८२ मंगलबार १४:३९, काठमाडौँ

गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन्। 

आफूले समिति छोडेको भट्टराईले नेपालखबरसँग पुष्टि गरे। 

गत चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएको थियो। 

बैठक नै नबसेपछि रुष्ट हुँदै आएका सदस्य भट्टराईले समितिबाट बाहिरिने निर्णय गरेका हुन्।

दुई सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरको भागबण्डा नमिल्दा समितिको बैठक बस्नसकेको छैन।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ मा सकिएको थियो। नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनु १ महिनाअगावै नियुक्ति गरिसक्नुपर्छ।

तर सरकारले गभर्नर पद रिक्त हुनु १४ दिनअघि मात्र सिफारिस समिति बनाएको थियो। समिति बनाएको २८ दिन बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले समितिको बैठक बोलाएका छैनन्। यसबीचमा समितिको बैठकमा छलफल हुनुको साटो दलहरू भागबण्डामै केन्द्रित हुनथालेपछि भट्टराई रुष्ट थिए। 

यसअघि पनि उनले आफूले सदस्य नियुक्तिको पत्र पाए पनि अर्थ मन्त्रालयले एकपटक पनि छलफल नगरेको बताउँदै आएका थिए। 

समितिमा उनीबाहेक अर्थविद् विश्व पौडेल पनि सदस्य छन्। 

गभर्नर नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा समेत रिट परेको छ। त्यसको सुनुवाइ पनि हुनसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad