ad ad

राजनीति


स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
चैत १९, २०७६ बुधबार ६:५४,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ।

 बजार मूल्यभन्दा चार गुणासम्म महँगोमा स्वास्थ्य सामग्री खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले मन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी दिएका हुन्।

मिडिया अनि आम नागरिकले प्रश्न उठाइरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शंका उब्जिएको विवेकशीलले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोडभन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको भन्दै विवेकशीलले यी विषयमा छानविन आग्रह गरेको हो।

प्रदेह सांसद पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएको र अख्तियारको प्रवक्तासँग यसबारे कुरा गरी उजुरी दर्ता भएको जानकारी समेत लिइसकेको विवेकशीलले जनाएको छ।

प्रदेश सांसद् पौड्यालले दर्ता गरेको उजुरीका मुख्य बुँदाहरु यसप्रकार छन्

आर्थिक र नीतिगत भ्रष्ट्राचार भएको तथ्यहरु
१, तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,

२, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको,

३, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको,

४, मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,

५ वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेसन स्वीकृत गरेको,

६ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,

७ यस अघिका ठुला भ्रष्टाचार काण्डहरू ९वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्गप्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .