ad ad

कारोबार


सन् २०१९ मा हुवावेले साढे ८ खर्बको उत्पादन बेच्यो, ६२ अर्ब खुद नाफा कमायो

सन् २०१९ मा हुवावेले साढे ८ खर्बको उत्पादन बेच्यो, ६२ अर्ब खुद नाफा कमायो

नेपालखबर
चैत १९, २०७६ बुधबार ६:५१,

चिनियाँ स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता कम्पनी हुवावेले आफ्नो सन् २०१९ को वार्षिक व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेको छ। चीनको सेन्जेनमा मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार गत वर्ष कम्पनीको व्यवसाय फस्टाएको देखिएको हो।

कम्पनीको विश्वव्यापी बिक्री आम्दानी समेत गत वर्ष बढेको प्रतिवेदनले देखाएको छ। कम्पनीका अनुसार गत वर्ष ८ खर्ब ५८ अर्ब चिनियाँ युआनको बिक्री गरेको छ। जुन वर्षगत तुलनामा १९.१ प्रतिशतले बढी हो।

huawei 2019 reports

त्यस्तै उक्त वर्ष कम्पनीलाई ६२ अर्ब ७० करोड युआनको कुल नाफा आर्जन भएको छ। यसबाहेक कम्पनीको सञ्चालन खर्च समेत २२.४ प्रतिशतले बढेर ९१ अर्ब ४० करोड युआन पुगेको छ।

प्राविधिक आविष्कार र अनुसन्धानमा लगानीका लागि कम्पनीले गत वर्षको कुल राजस्वको १५.३ प्रतिशत खर्च गरेको छ। यो भनेको १ खर्ब ३१ अर्ब ७० करोड युआन हो। कम्पनीको अनुसन्धान र आविष्कारमा गरेको लगानी ६ खर्ब युआनभन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख छ।

‘सन् २०१९ हुवावेका लागि असाधारण वर्ष रह्यो’, हुवावेको रोटेटिङ चेयरम्यान एरिक सुले भने, ‘बाह्य क्षेत्रको ठूलो दबाबका बाबजुद हाम्रो टोलीले ग्राहकमा ध्यान केन्द्रित गर्न सक्षम रह्यो, हामीले सम्मान र विश्वास कमाउन ठूलै मिहिनेत गर्यौँ, सोही कारण व्यवसाय पनि बलियो देखियो।’ 

गत वर्ष हुवावेको फाइभजी नेटवर्क पनि विस्तार भएको थियो। कम्पनीले आफ्नो प्रविधि विस्तारमा विश्वका नेटवर्क सेवाप्रदायकसँग मिलेर काम गर्न सफल भएको पनि जनाएको छ। कम्पनीका अनुसार फाइभजी ज्वाइन्ट इन्नोभेसन सेन्टरहरु स्थापना भएका छन्। हुवावेको रुरलस्टार बेस स्टेसन सोलुसन्सले रिमोट एरियामा समस्याको समाधान गर्न सक्ने कम्पनीले जनाएको छ।

यस प्रकारका सोलुसन्सहरु ५० देश र क्षेत्रमा प्रयोगमा रहेका छन् भने ४ करोड मानिसमा मोबाइल इन्टरनेट सेवा प्रदान गरिएको छ। कम्पनीको क्यारियर बिजनेसतर्फ बिक्रीबापत २ खर्ब ९६ अर्ब युआनको आम्दानी भएको छ। जुन वर्षगत तुलनामा ३.८ प्रतिशतले बढी हो।

विश्वका ७ सय सहर र २ सय २८ वटा फर्च्युन ग्लोबल ५०० कम्पनीले हुवावेलाई ट्रान्सफरमेसन साझेदार बनाएको कम्पनीले जनाएको छ। सन् २०१९ मा कम्पनीले आफ्नो कम्प्युटिङ रणनीतिअनुसार विश्वकै द्रुतगतिको एआई प्रोसेसर द एस्केन्ड ९१० र द एआई ट्रेनिङ क्लस्टर एटलास ९०० पनि सार्वजनिक गरेको जनाएको छ। गत वर्षको कम्पनीको इन्टरप्राइज बिजनेसतर्फ बिक्रीबापतको आम्दानी ८९ अर्ब युआन पुगेको छ। जुन वर्षगत तुलनामा ८.६ प्रतिशतले बढी हो।

त्यस्तै, कम्पनीको उपभोक्ता व्यवसाय (कन्जुमर बिजनेस) पनि तीव्र रफ्तारमा देखिएको छ। कम्पनीले उक्त वर्ष २४ करोड स्मार्टफोन शिपमेन्ट गरेको जनाएको छ। यस क्षेत्रको कम्पनीको बिक्रीबापतको आम्दानी ४ खर्ब ६७ अर्ब ३० करोड युआन पुगेको छ। वर्षगत तुलनामा यो ३४ प्रतिशतले वृद्धि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .