ad ad

कारोबार


डब्लुएचओ र भाइबरबीच कोभिड१९ बारेको गलत सूचना रोक्न सहकार्य

डब्लुएचओ र भाइबरबीच कोभिड१९ बारेको गलत सूचना रोक्न सहकार्य

नेपालखबर
चैत १९, २०७६ बुधबार ७:११,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरले कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचनाविरुद्ध अभियान छेड्न एक आपसमा बुधबार समझदारी गरेका छन्। दुवैले बहु–भाषिक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुने गरी यस्ता सूचना रोक्ने समझदारी भएको हो।

कोरोना भाइरसको महामारी चलिरहँदा गलत सूचना फैलिरहेको भन्दै डब्लुएचओ र भाइबरले पहलकदमी लिनलागेको प्रेषित विज्ञप्तिमा जनाइएको छ। यसका लागि च्याटबट प्रयोग हुनेछ भने यो च्याटबट अंग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ।

चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिने सहमति भएको छ। यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ।

महामारीबारे हालको ताजा समाचारलाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिने बताइएको छ। अन्य मुख्य खण्डहरुमा ‘प्रोटेक्ट योरसेल्फ’, ‘मास्क युजेज’, ‘ट्राभल रिकम्मेन्डेसन्स’ तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तत्र्रिmयात्मक ‘मिथ्स’ क्विज रहेका छन्।

यसैगरी च्याटबटमा रहेको ‘डोनेट नाउ’ बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारीविरुद्ध लड्न स्थापना गरेको कोभिड–१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् ।

‘विश्व स्वास्थ्य संगठनले नवीनतम डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ’, डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने।

यो च्याटबट निःशुल्क छ र विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भइसकेकोे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .