राजनीति


सरकार लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर लागेको छ : प्रचण्ड

सरकार लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर लागेको छ :  प्रचण्ड

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १४:३८, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले छाटो बाटोबाट भए पनि विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिए।

‘लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर सरकार लागेको छ,’ प्रचण्डको भनाइ छ, ‘शिक्षकसँग भएका सहमतिअनुसार ऐन तत्काल ल्याउनुपर्छ र छोटो बाटोबाट लागू गर्नुपर्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकको आन्दोलनप्रति दोहोरो चरित्र देखाएको समेत आरो लगाए। ‘प्रतिपक्षमा हुँदा शिक्षकलाई आन्दोलन गर्न उक्साउने व्यक्ति अहिले प्रधानमन्त्री छन्, तर शिक्षकमाथि अपमान भइरहेको छ,’ प्रचण्डले भने।

तर, आफूहरु सरकारमा हुँदा पनि जायजमाग सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको र त्यसै अनुसार सहमति गरेको भन्दै उनले अहिले पनि त्यही धारणा रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad