राजनीति


स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट अधिवेशन छलफल अघि बढाउने रास्वपाको निर्णय

स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट अधिवेशन छलफल अघि बढाउने रास्वपाको निर्णय

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १८:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्को बजेट अधिवेशनमा छलफल अगाडी बढाउने निर्णय गरेको छ।

बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्मा छलफल र बहस गर्ने निर्णय गरेको हो। 

संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडी बढाउने निर्णय गरिएको बताए। 

उनले बजेट अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरू लगायतका विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर देश र नागरिको हितमा संसद्‌मा भूमिका निभाउने जिकिर गरे।  

उनले भने, ‘यो बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि बजेट अधिवेशनमा छलफल, बहस, संवाद, नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरूमा छलफल गर्ने क्रममा पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा हामीले संसद्‍मा छलफल, बहस गर्ने र सबै विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर त्यसलाई वृहत्तर देश र जनताको हितमा संसद्‌मा संसदीय भूमिका निर्वाह गर्ने निर्णय गर्यौं।’  

रास्वपाको गत वैशाख ४ गते बसेको केन्द्रीय समितिको बैठकले शिक्षकहरूको आन्दोलन, उनीहरूका माग र मुद्दाहरूको अध्ययन र संसद्मा प्रस्तुत हुने विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न निर्देशन दिएको थियो।

सोही निर्देशनअनुसार शिक्षाका माग पूरा गराउनको लागि संसद्मा प्रभावकारी भूमिका खेल्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका डा तोषिमा कार्की र सुमना श्रेष्ठ तथा पूर्वशिक्षामन्त्री शिशिर खनालको टिम बनाउने निर्णय गरिएको प्रमुख सचेतक परियारले बताए।  

रास्वपाले निजामति सेवा ऐनका विषयमा छलफल भएको बताएको छ। संसदको बजेट अधिवेशन शुक्रवारदेखि शुरु हुदैँछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad