राजनीति


नवनियुक्त शिक्षामन्त्री पन्तलाई विद्या भट्टराईले दिइन् बधाइ

नवनियुक्त शिक्षामन्त्री पन्तलाई विद्या भट्टराईले दिइन् बधाइ

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १९:७, काठमाडौँ

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईल बधाई तथा कार्यकालका लागि शुभकामना दिएकी छिन्। समाजिक संजाल फेसबुकमार्फत बिहीबार उनले पन्तलाई शुभकामना दिएकी हुन्। 

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ उनले लेखेकी छिन्।

करिब ९ महिना मन्त्रालयमा रहेर केही सुधार गर्ने प्रयास गरेको भन्दै त्यसलाई अभिप्ररित गर्ने र आफूलाई निर्वाचित गर्ने क्षेत्रका जनतालाई समेत उनले धन्यावाद दिएकी छिन्। 

‘करिब ९ महिना, यसै मन्त्रालयको जिम्मेवारी दिएर शिक्षा क्षेत्रमा केही सुधार गर्ने प्रयासमा लाग्नका लागि मलाइ अभिप्रेरित गर्नुहुने सम्पूर्ण न्यायप्रेमी समुदाय, कास्की- २ का सम्पूर्ण आदरणीय मलाइ निर्वाचित गर्नुहुने मतदाताहरु र आम शुभचिन्तकहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु,’ उनले लेखेकी छिन्। 

भट्टराईले मन्त्री बन्ने अवसर दिने एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति पनि आभार व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्, ‘मलाइ विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा संगै काम गर्ने अवसर दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँको नेतृत्वको मन्त्रिपरिषद्प्रति आभारी छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad