सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरुकै काँधमा भविष्य रहेको बताएका छन्।
नेकपा एमालेले बिहीबार भृकुटीमण्डमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले युवाहरुलाई निराशा भन्दा पनि आशातर्फ अघि बढ्न आग्रह गरे।
‘तपाईंकै काँधमा भविष्य छ, राष्ट्र निर्माणको भविष्य छ,’ पोखरेलले भने, ‘विदेशमा गएका युवाका लागि पनि हामी स्वदेशमा फर्किएर काम गर्ने वातावरण बनाउँछौँ। तपाईंहरु निराशा, होइन आशाको बाटोमा अग्रसर हुनुपर्दछ।’
विदेशमा रहेर कमाएको रकम राष्ट्र निर्माणका लागि प्रयोग गर्न आग्रह गर्दै उनले एमालेले युवाको भविष्य सुरक्षित राख्नेगरी काम गर्न सक्ने समेत दाबी गरे।
उनले भने, ‘त्यसैले युवाहरु निराश हुन आवश्यक छैन। एमालेले युवाहरुको भविष्य सुरक्षित गर्नेगरी काम गर्ने समाथ्र्य राखदछ।’
पोखरेलले यसपालीको बजेटमा युवाको बजेट बढ्ने समेत आश्वासन दिए
Shares

प्रतिक्रिया