राजनीति


प्रधानमन्त्री ओली निभ्दै गरेको बत्ती हुन्, हतास मनस्थितिमा छन् : माओवादी

प्रधानमन्त्री ओली निभ्दै गरेको बत्ती हुन्, हतास मनस्थितिमा छन् : माओवादी

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १४:२६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली हतास मानसिकतामा रहेको र आफ्नै पार्टीका मान्छेलाई समेत गाली गर्न थालेको बताएको छ।

बुधबार पेरिसडाँडमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले उनी अब निभ्दै गरेको बत्ती जस्तै हुन लागेको समेत टिप्पणी गरे। ‘आफ्नो गुम्न लागेको साखलाई कतैबाट परालको त्यान्द्रोले जोगाउन सकिन्छ की भनेजस्तो गरेर लाग्न खोज्नु भएको छ प्रधानमन्त्री,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीको एकप्रकारले हतास मनिस्थितिको उपज हो। अहिले हेर्नुहुन्छ भने प्रधानमन्त्री सबैसित रिसाइरहनु भएको छ। आफ्नै पार्टीकासँग रिसाइराख्नु भएको छ। कर्मचारीसँग रिसाइराख्नु भएको छ।’

उनले थपे, ‘उहाँले हिजो नेतृत्वप्रति किन आत्मविश्वास नभएको भनेर आफ्नै पार्टीलाई भन्दै हुनुहुन्थ्यो। अरुलाई त गाली गरिराख्नु हुन्थ्यो, आफ्नै पार्टीकालाई पनि गाली गरिराख्नु भएको छ। यसअर्थमा अब निभ्दै गरेको बत्ती हो कि जस्तो लाग्दैछ।’

उपाध्यक्ष सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्णरुपमा असफल भएको भन्दै एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको उल्लेख गरे।

‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन,’ उनले भने, ‘यो गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad