राजनीति


कर्मचारीलाई गगन थापाको आग्रह– निजामती विधेयक अगाडि बढेको छ, आन्दोलन रोक्नुहोस्

कर्मचारीलाई गगन थापाको आग्रह– निजामती विधेयक अगाडि बढेको छ, आन्दोलन रोक्नुहोस्

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १३:५४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती विधेयक अगाडि बढेको भन्दै कर्मचारी ट्रेड युनियनलाई आन्दोलन रोक्न आग्रह गरेका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले सरकार सञ्चालनका लागि सबैले मद्दत गर्नुपर्ने धारणा राखे। ‘निजामती विधेयक अगाडि बढेको छ, एकपटक प्रतिवेदन अध्ययन गरेर पास गरौं भन्ने कुरा आएको छ,’ थापाले भने, ‘सरकार भनेको सबैले मिलेर चलाउने हो। काम सुस्त भइरहेको बेलामा दबाब दिने भन्ने कुरा स्वभाविक हो। बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ।’

निजामित विधेयक आफूहरुको सुझाव अनुसार चाँडै पारित नगरिए आन्दोलन गर्ने चेतावनी कर्मचारी संगठनहरुले दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad