राजनीति


हाजिरी जमानीमा छुटे धवल

हाजिरी जमानीमा छुटे धवल

नेपालखबर
बैशाख ८, २०८२ सोमबार ७:३९, काठमाडौँ

राजसंस्था पुनर्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशशेर राणा हाजिर जमानीमा छुटेका छन्। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राणा त्यही दिन पक्राउ परी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा थिए। 

उनलाई आइतबार राति हाजिरी जमानीमा छाडिएको जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए। 

उनले भनेका छन्, ‘आन्दोलन सुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ... उहाँको स्वास्थ्य उपचार पनि हुनेछ।’

राणालाई मुखमा क्यान्सर छ।

त्यसैले उपचारका लागि भनेर उनलाई हाजिरी जमानीमा श्रीमतीको जिम्मामा छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बाेहराले नेपालखबरलाई जानकारी दिए। 

यसअघि उनी भारतको टाटा क्यान्सर अस्पतालमा ३ महिना उपचार गराएर गत पुसको दोस्रो साता फर्केका थिए। फेरि उनी फलोअपमा जानुपर्नेछ। 

सांसद राणा २४ दिनको हिरासतपछि हाजिरी जमानीमा रिहा भएका हुन्। 

उनीसँग गिरफ्तार राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भने अझै हिरासतमै छन्। 

मिश्र, धवलशमशेरलगायत ११ जनालाई राज्यविरुद्धको अपराध गरेको अभियोग लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad