प्रधानमन्त्री केपी शर्मा अोलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल लगायत उपस्थित छन्।
संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्ति गर्नेबारेमा यसअघि पनि शीर्ष नेताहरुबीच पटक–पटक छलफल भएको थियो।
प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार खरेलको सक्रियतामा शान्तिप्रक्रियाको बाँकी रहेको एउटा महत्वपूर्ण पक्ष संक्रमणकालीन न्याय टुंग्याउन पछिल्लो पटक शीर्ष नेताहरुबीचका छलफल बाक्लिएका हुन्।
Shares

प्रतिक्रिया