राजनीति


प्रधानमन्त्रीले गरे नारायणगढ-बुटवल सडक खण्डको अवलोकन

प्रधानमन्त्रीले गरे नारायणगढ-बुटवल सडक खण्डको अवलोकन

नेपालखबर
बैशाख ६, २०८२ शनिबार ६:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नारायणगढ बुटवल सडक विस्तार कार्यको अवलोकन गरेका छन्। 

शुक्रबार चितवनको नारायणगढमा सडक उद्घाटनका लागि गएका बेला प्रधानमन्त्री ओलीले सडक निर्माण कार्यको अवलोकन गरेका उनको सचिवालयले जनाएको छ। त्यसक्रममा उनले सडक निर्माण कार्य द्रुत गतिमा अघि बढाउन पनि निर्देशन दिएका छन्।

हिजै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पनि बुटवल–नारायणगढ सडक विस्तार कार्यको आकस्मिक रुपमा स्थलगत निरीक्षण गरेका थिए। त्यसक्रममा मन्त्री दाहाल चार घण्टासम्म जाममा फसेका थिए। 

निर्माण कार्यमा ढिलाइ हुँदा नारायणगढ बुटवल सडक खण्डमा यात्रा गर्ने यात्रुले लामो सयमदेखि सास्ती खेप्दै आएका छन्। 

पछिल्ला केहीदिनयता पूर्वी नवलपरासीको दाउन्नेमा सडक हिलाम्मे हुँदा यात्रुले झ्न सास्ती खेपिरहेका छन्। त्यो खण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएर निर्माण कार्य चलिरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad