राजनीति


संघीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान

संघीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार २१:४१, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता आज अमेरिका प्रस्थान गरेका छन्। 

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना हुने ‘आदिवासी जनजातिहरूका मुद्दाहरू’ सम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए।

उनले यही वैशाख ८ देखि १९ गते (अप्रिल २१ देखि मे २ तारिखसम्म) आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउनेछन्। उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ।

‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु’ विषयक सो कार्यक्रममा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दामा पनि छलफल हुनेछ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad