सञ्चारिका समूह नेपालले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ।
आज शुक्रबार भएको समूहको अधिवेशनमा ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ बाट हिमालखबरकी पत्रकार धनु विश्वकर्मालाई २० हजार रुपैयाँ र ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ बाट अप्पन टिभीकी सपनाकुमारी कर्णलाई १० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको हो।
यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ। यस्तै ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ वरिष्ठ पत्रकार डा.हरिकला अधिकारी र वरिष्ठ पत्रकार उषा लोहनीलाई प्रदान गरिएको छ।
उनीहरूलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूलाई सम्मान गरेका हुन्।






93
Shares

प्रतिक्रिया