राजनीति


न हामी देशको सीमा खुम्चिन दिन्छौँ, न सम्मान : प्रधानमन्त्री ओली

न हामी देशको सीमा खुम्चिन दिन्छौँ, न सम्मान : प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १४:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेपाल कहिले पनि उपनिवेश नभएकोमा गर्व गर्नुपर्नेमा जोड दिए।

‘विश्वमा अहिले भएका १९३/१९४ देशहरुमध्ये १९ वटा देश मात्रै स्वतन्त्र रहेका बेला एउटा नेपाल सानो भएपनि स्वतन्त्र रहेको थियो,’ ओलीको भनाइ छ, ‘त्यो हामीले गर्व गर्नुपर्छ। यो स्वाधिनता, यस स्वतन्त्रता, यस भौगोलिक अखण्डतालाई हामी अत्यन्त सम्मान गर्दछौँ, माया गर्दछौँ। यसलाई कायम राखेर छोड्दछौँ। सग्लो नेपाल हाम्रा सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्दछौँ। त्यो हाम्रो आजको पुस्ताको काम हो। न हामी देशको सीमा खुम्चिन दिन्छौँ, न सम्मान खुम्चिन। हामी केही पनि खुम्चिन दिँदैनौँ।’ 


नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको भन्दै ओलीले त्यसलाई स्वीकार नगर्ने समेत बताए। ‘हामी नेपाललाई विकृतिहरुको डम्पिङ साइट सांस्कृतिक हिसावले पनि बन्न दिँदैनौँ,’ उनले भने, ‘सामाजिक हिसावले पनि बन्न दिँदैनौँ। हाम्रो समाज एउटा सभ्य, सुसंस्कृत समाज हो। यो सभ्यता र संस्कृतिलाई कायम राखेर अगाडि बढाउँछौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad