राजनीति


शिक्षकको माग सम्बोधन गर्न कांग्रेस लागिपर्ने, गगन थापालगायतलाई जिम्मेवारी

शिक्षकको माग सम्बोधन गर्न कांग्रेस लागिपर्ने, गगन थापालगायतलाई जिम्मेवारी

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १३:३५, काठमाडौँ

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न गम्भीर रुपमा लागिपर्ने निर्णय गरेको छ। 

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुसहितको बैठकले त्यसका लागि नेताहरुलाई जिम्मेवारी दिने निर्णय समेत भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ले जानकारी दिइन्।

‘शिक्षक आन्दोलनलाई हामीले जसरी पनि सहयोग गर्नुपर्छ, आन्दोलनलाई सम्बोन गर्न कांग्रेस बढी लाग्नुपर्छ,’ बैठकको निर्णय सुनाउँदै उनले भनिन्, ‘कतिपय संवैधानिक कुरा छन्, त्यसमा संविधान संशोधन नगरी नुहने कुरा पनि छन्। त्यसलाई ऐनबाट गर्ने कि कसरी गर्ने? तुरुन्तै बसेर यसलाई टुंग्याउने। कांग्रेसले यसलाई सकरात्मकरुपमा लिने भन्ने कुरा भयो।’

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरु २ हप्तादेखि काठमाडौँकेन्द्रित आन्दोनलमा छन्। लामो समयसम्म पनि सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न पहल नगरेको भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आवाज उठाउँदै आएका थिए। त्यसमा उपसभापति पूर्णबहादुर खड्काले पनि साथ दिएका छन्।  

बैठकले शिक्षकहरुसँग छलफल गरेर विषय टुंग्याउनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको पनि उपाध्यायले जानकारी दिइन्। ‘गगन थापा, शिक्षा विभाग प्रमुख नैनसिंह महर, जीवन परियार, गृहमन्त्री बसेर काम पनि गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘त्यसलाई मुर्तरुप दिन आज र भोलि नै शिक्षकहरुसँग बस्ने भन्ने कुरा भयो।’

सोमबार कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टी कार्यालय सानेपामा शिक्षक अगुवासँग छलफल गरेका थिए। उक्त छलफलपछि सोमबार बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र शिक्षा विभाग प्रमुख महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad