राजनीति


बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीको बैठक

बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीको बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १२:४, काठमाडौँ

नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ। 

बैठकमा एक सहभागी नेताका अनुसार दुई घण्टादेखि बैठक चलिरहेको जानकारी दिए। बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको हो। 

पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्। त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन्। 

देउवाले मन्त्रीहरुलाई सँगै राखेर असन्तुष्ट नेताहरुसँग छलफल गरेर साझा धारणा बनाउने कोसिस गरेका हुन्।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad