खेल


बायर्नलाई निराश बनाउँदै इन्टर सेमिफाइनलमा

बायर्नलाई निराश बनाउँदै इन्टर सेमिफाइनलमा

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १२:४, काठमाडौँ

सान सिरो रंगशालामा बायर्न म्युनिखसँग रोमाञ्चक बराबरी खेल्दै इन्टर मिलानले च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

पहिलो लेगमा इटालियन च्याम्पियनले २–१ को अग्रता लिएको थियो। दोस्रो हाफको सुरुमा ह्यारी केनको गोलले अग्रता गुम्यो।

त्यसको ९ मिनेटपछि नै लाउटारो मार्टिनेजले ६ यार्ड टाढाबाट प्रहार गरेको बलले जालि चुम्यो। 

तीन मिनेटपछि, अर्को कर्नर पायो। त्यसमा डिफेन्डर बेन्जामिन पावर्डले हेडरमा गोल गरे।

यद्यपि बायर्नले खेल सकिन १४ मिनेट बाँकी रहँदा एरिक डायरले हेडर गोल गरेपछि खेल बराबरीमा सकियो।

भिन्सेन्ट कोम्पानीको टोलीले अतिरिक्त समयमा तेस्रो गोलको लागि कडा मेहनत गरे पनि पाँचौँ मिनेटमा थोमस मुलरले प्रहार गरेको हेडर इन्टरको पोष्टमा पुग्न सकेन। 

अब इन्टरले उपाधि भिडन्त सुरक्षित गर्न बार्सिलोनाको सामना गर्न पर्नेछ। 

स्पेनिस क्लब यसअघि नै जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पन्छाउँदै सेमिफाइनलमा पुगिसकेको छ। अर्को सेमिफाइनलमा पीएसजी र आर्सनल भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad