सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।
गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छविलालको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।
जोशीले दायर गरेको निवेदनमा न्यायाधीश विनोद शर्माको इजलासले प्रारम्भिक सुनुवाइपछि मंगलबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।
रुपन्देही जिल्ला अदालतका न्यायायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी थुनामा छन्।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले जोशीलाई थुनामा पठाउने जिल्ला अदादतकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन्।
सर्वोच्चमा चैत ३१ मा दर्ता भएको निवेदनमा जोशीले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश बदर गरी साधारण तारेखमा राख्न माग गरेका छन्।
सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन
सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुर्पक्षका लागि थुनामा छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्लादकुमार योगीको इजलासबाट सोही मुद्दामा एक करोड धरौटीमा रिहा भएका थिए।
रविको निवेदनमा यसअघि नै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरिसकेको छ।
Shares

प्रतिक्रिया