राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ४ गते बिहान बस्ने गरी बैठक डाकेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
'पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो,' उनले भने, 'वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायत पक्राउ र आगामी पार्टीको रणनीतिबारे पनि छलफल हुनेछ।'
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा मिश्र र राणा प्रहरी हिरासत छन्।
राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाइरहेको छ। राप्रपा वैशाख ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा छ। यसअघि काठमाडौँको बल्खुमा राप्रपाले खबरदारी सभा गरेको थियो।
Shares

प्रतिक्रिया