सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताएका छन्।
‘अब हामी कमसेकम पनि एउटा अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा पुगेका छौँ,’ घिमिरेले भने, ‘एशिया प्यासिफिकको भएपनि त्यसको भूमिका धेरै महत्वपूर्ण हुने ठाउँमा हामी पुगेका छौँ।’
‘आगामी दिनमा आइपीयूमा अब हामीले अलि हैसियतका साथ अगाडि जाने स्टेप (उपलब्धि) प्राप्ति भएको कुरामा म सबैको तर्फबाट यो उपलब्धिलाई सम्मान गर्दै यसमा जानुभएको मान्यज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ उनले थपे।
गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो।
सभाबाट शाक्य सदस्य निर्वाचित भएकी थिइन्।
Shares

प्रतिक्रिया