राजनीति


नयाँ वर्षमा एमाले नेतालाई ओलीले लगाए सिस्नु

नयाँ वर्षमा एमाले नेतालाई ओलीले लगाए सिस्नु

नेपालखबर
बैशाख १, २०८२ सोमबार १५:२६, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सिस्नु लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपस्थित नेताहरूलाई सुदूरपश्चिमको बिसु पर्व मनाउँदै सिस्नु लगाइदिएका हुन्।

'नयाँ वर्षमा सुदूरपश्चिममा बिसु पर्व मनाइन्छ। यस पर्वमा सिस्नु लगाउने गरिन्छ। यसो गर्दा पुराना रोगव्याधिहरू जाने र नयाँ वर्षमा सबैको राम्रो हुने विश्वास छ,' एमाले सचिव लेखराज भट्टले नेपालखबरसँग भने, 'अध्यक्षले सबै इन्चार्जहरूलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिनुभयो।'

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, ‘वर्ष दिनभरिमा जेजे भयो भयो, अब हाम्रो सम्बन्ध, बिग्रेको कुरा सुधारौँ भन्ने चलन रहेछ, सुदूरपश्चिममा। लेखराज भट्ट सुदूरपश्चिमको पर्नुभयो। सिस्नु लगाउने, अनि मिठाई बाँड्ने चलन रहेछ। करिब ४५ मिनेट समय त्यसले खायो।’

उनले आजको सचिवालय बैठक २ घण्टा बसेको र बैठकमा वैशाख ९ गते र ११ गतेको कार्यक्रममा केन्द्रित भएको पनि बताए।

एमाले वैशाख ९ गते पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम गर्दै छ। त्यस्तै ११ गते एमालेले ४० वर्ष उमेरका एक लाख युवालाई काठमाडौँको टुँडिखेलमा भेला गरेर शक्ति प्रदर्शन गर्ने जानकारी दिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad