कारोबार


फागुनमा अर्थले गर्‍यो साढे ५ अर्ब रकमान्तर र निकासा, कहाँ कति?

फागुनमा अर्थले गर्‍यो साढे ५ अर्ब रकमान्तर र निकासा, कहाँ कति?

नेपालखबर
बैशाख १, २०८२ सोमबार १५:३८, काठमाडौँ

अर्थ मन्त्रालयले फागुनमा ५ अर्ब ६६ करोड रुपैयाँ रकमान्तर र निकासा गरेको छ। 

अर्थ मन्त्रालयले प्रशासनिक र चालू आयोजनाका लागि २ अर्ब ३८ करोड रुपैयाँ निकासा गरेको छ। 

फागुन महिनामा पुँजीगततर्फ १ करोडभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर ३ अर्ब २८ करोड   भएको छ। 

सबैभन्दा बढी राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रमका लागि १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ। रणनीतिक सडक पुल तथा निर्माण तथा पुल पुलेसा संरक्षणका लागि १९ करोड १ लाख रुपैयाँ रकमान्तर भएको छ। 

महाकाली करिडोरको नयाँ ट्रयाक निर्माण गर्न ५० करोड, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि ११ करोड ५० लाख रकमान्तर गरेको छ। कान्तिराजपथ स्तरोन्नति गर्न २५ करोड ५ लख रकमान्तर भएको छ। 

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सचिवालयलाई १ करोड ५७ लाख ८ हजार खर्च गरेको छ। अर्थ मन्त्रालयले सुझाव आयोगमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन डेढ करोड रकम निकासा गरेको छ। त्यसबाहेक आयोगकै सचिवालय रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई ११ लाख ७५ हजार रुपैयाँ रकमान्तर गरी निकासा दिएको छ।   

संघीय संसद् सचिवालयको खाजा खर्चलाई थप १ करोड ५० लाख रकम निकासा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad