पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा देशमा शान्ति र राजनीतिक स्थिरताका लागि सकेको योगदान गर्ने संकल्प गरेकी छन्।
नेपालखबरमार्फत सबै नेपालीलाई नयाँ वर्षको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले हामी जो जहाँ भए पनि राष्ट्रियता, स्वाभिमान र स्वाधीनताका लागि एकजुट हुन आह्वान पनि गरेकी छन्।
‘हामी जुनसुकै क्षेत्रमा बसोबास गर्ने भए पनि देश पहिलो हुन्छ। राष्ट्र पहिलो हुन्छ। पहिले हामीले आफ्नो राष्ट्रियता जोगाउनपर्यो’, उनले भनेकी छन्, ‘त्यसपछि हामीसँग आन्तरिक रूपमा के कति विभेद छन् अथवा समस्या छन्, ती समस्यासँग हामीले जुध्ने हो। त्यसका लागि सबैमा राम्रो खालको ऊर्जा प्राप्त होस्। म त्यही अपेक्षा गर्छु। म पनि आफ्नो ठाउँबाट सकेको गर्छु।’
यस्तै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक स्थिरतासँगै देश आर्थिक रूपमा आत्मनिर्भर पनि होस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।
उनले भनेकी छन्, ‘देशमा शान्ति होस्, राजनीतिक स्थिरता होस्। हाम्रो देश आर्थिक रूपले निर्भर रहोस्। विभिन्न समस्यासँग जुध्ने क्षमता हामीमा होस्।’
भिडिओ:
Shares

प्रतिक्रिया