राजनीति


तीन ब्याचबाट ६ एआईजी बढुवाको कसरत, तर जुटेन सहमति

तीन ब्याचबाट ६ एआईजी बढुवाको कसरत, तर जुटेन सहमति

उजिर कार्की
चैत ३१, २०८१ आइतबार २१:५७, काठमाडौँ

नेपाल प्रहरीमा रिक्त ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्न बसेको समितिको बैठक निस्कर्षबिनै टुंगिएको छ।

आइतबार साँझ ६ जना डीआईजीलाई एआईजीमा सिफारिस गर्न गृहसचिवको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बसेको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकको सूची बाझिँदा बढुवा सिफारिस हुन नसकेको हो।

सरकारले तीनवटा ब्याचबाट दुई दुई जनालाई एआईजी बनाउने तयारी गरेको थियो।

स्रोतका अनुसार २०५२ को टोलीका चन्द्रकुवेर खापुङ र लालमणि आचार्य, २०५४ को टोलीका दानबहादुर कार्की र राजन अधिकारी तथा २०५३ को टोलीबाट सिद्धिविक्रम शाह र सुशील सिंह राठौरलाई एआईजीमा सिफारिस गर्ने तयारी थियो।

यसमा पनि ०५४ का कार्की र अधिकारीलाई अगाडि राख्ने कि २०५३ का शाह र राठाौरलाई भन्नेमा बढुवा समितिमा कुरा नमिलेको स्रोतको दाबी छ।

प्रधानमन्त्री कार्की र अधिकारीलाई तेस्रो र चौथो नम्बरमा बढुवा गर्नु पर्ने पक्षमा छन्। तर गृहमन्त्री र कांग्रेस सभापति २०५३ को टोलीलाई यसअघि रवि लामिछानेले अन्याय गरेकाले शाह र राठौरलाई नै अगाडि राख्नु पर्ने पक्षमा छन्।

२०५३ कै टोलीका कृष्णहरि शर्मा पोखरेललााई छुटाउन लागेपछि उनले पनि दबाब बढाएका छन्। कार्की र अधिकारीसँगै डीआईजी बनेका डा. मनोजकुमार केसीले पनि एआईजी बन्ने कोसिसमा छन्।

पहिलो नम्बरमा रहेका सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा र मधेस प्रदेशको प्रहरी प्रमुख रहेका लालमणि आचार्यलाई दोस्रो नम्बरमा बढुवा गर्न समितिमा एक मत छ।

दुवै २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका र अहिलेका डीआईजीमा सबैभन्दा सिनियर हुन्।

यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्की र कोसी प्रदेशका प्रहरी प्रमुख राजन अधिकारी पनि बढुवामा नछुट्ने सूचीमा छन्। विशेष ब्युरोका प्रमुख सिद्धिविक्रम शाह र प्रबन्ध निर्देशनालयमा कार्यरत सुशीलसिंह राठौर पनि एआईजीमा सिफारिस हुने सूचीमा छन्।

तर अब दुई दिनपछि मात्रै पुनः समितिको बैठक बस्ने तयारी रहेकाले यसमा हेरफेर हुने सम्भावनासमेत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad