आफ्ना मुख्य फर्वाड केलियन एम्बापेले रेडकार्ट पाएको खेलमा रियल मड्रिडले कठिन जित हात पारेको छ। आइतबार बेलुका ला लिगा अन्तरगत ३१ औँ चरणको खेलमा अलाभेसलाई उसैको मैदानमा रियलले १–० ले पराजित गरेको हो।
यो नतिजासँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी ४ मा झारेको छ। समान खेलबाट बार्सिलोनाको ७० अंक हुँदा रियलले ६६ अंक बनाएको छ।
लिगका ७ खेल बाँकी हुँदा एडुआर्डो कामाभिङ्गाले महत्वपूर्ण ३ अंक दिलाए। फ्रान्सेली मिडफिल्डरले ३४ औँ मिनेटमा गरेको एक मात्रै गोल निर्णायक बन्यो। तर त्यसको ४ मिनेटपछि एम्बापे सिधै रेडकार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
त्यसपछि १० खेलाडीमा सीमित रियलले अल्भासेलाई रोकिरहेको थियो। तर ७० औँ मिनेटमा मनु सान्चेजले पनि रेडकार्ड पाएपछि अलाभेस पनि १० खेलाडीमै झर्यो। त्यसपछि दुवै टोली गोल गर्न असफल भए।
अलाभेस भने ३० अंकसहित १७ औँ स्थानमा हुँदा रेलिगेसनको पनि खतरामा छ।
Shares

प्रतिक्रिया