ad ad

राजनीति


घरमा खाद्यान्न सकियो? विवेकशील नेपालीलाई सम्पर्क गर्नु रे

घरमा खाद्यान्न सकियो? विवेकशील नेपालीलाई सम्पर्क गर्नु रे

नेपालखबर
चैत १७, २०७६ सोमबार ८:३९,

विवेकशील नेपाली पार्टीले कोरोना महामारीसँग जुध्न ‘नागरिक सहायता कक्षा’ स्थापना गरेको छ।

दलका संघीय अध्यक्ष मिलन पाण्डे संयोयजक र नेतृ रञ्जु दर्शना सहसंयोजक रहेको समन्वय समिति मार्फत नागरिकहरुलाई सहायता दिने काम भइरहेको विवेकशीलले जनाएको छ।

विवेकशीलले ९८४३९३३८०५ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ। यही नम्बरको भाइबर, ह्वाट्सएप र मेसेन्जर कल या म्यासेज पठाउन सक्ने व्यवस्था पनि मिलाइएको छ।

‘खाद्यान्न आपूर्तिमा सहयोग’
विवेकशील नेपालीले काठमाडौं भित्र खाद्यान्न आपूर्तिका लागि मालवाहक गाडी र सो सञ्चालनको अनुमति लिइ आजैबाट अप्ठ्यारोमा परेका नागरिकको लागि घरमै खाद्यान्न पुर्‍याइदिने व्यवस्था मिलाएको दलका सञ्चार विभाग प्रमुख आलोक सुवेदीले बताएका छन्। हटलाइनमै आपूर्ति समस्याबारे जानकारी गराउन सकिनेछ।

‘गर्भवती महिलालाई तुरुन्तै सहयोग’
विवेकशील सहायता कक्षबाट अर्को सहयोग गर्भवती महिलाहरुलाई पहिचान गरी उनीहरुलाई डेलिभरीको समयमा अस्पतालसम्म पुर्‍याउन समन्वय गरिरहेको छ।

‘विभिन्न भाषामा भिडियो सूचना सन्देश’
नेपालका विभिन्न मातृभाषाहरुमा कोरोनाबाट बच्ने उपाय र चेतनाबारे विवेकशीलले भिडियो सन्देश बनाउँदै गइरहेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी, नेवारी, तामांग, मैथली, भोजपुरी, चौधरी र डोट्याली भाषामा भिडियो सन्देशहरु सार्वजनिक गरेको छ। दलले अन्य भाषामा समेत भिडियो बनाइरहेको छ।

‘प्रदेशस्तरीय चिकित्सक टोली र परदेशमा समन्वय’
विवेकशीलले प्रदेशनं १, २, ३, ४, ५ मा चिकित्सकहरुको टोली बनाई वबिरामीले सिधै सम्पर्क गर्न सक्ने गरि चिकित्कहरुको सम्पर्क सार्वजनिक गरेको छ। विदेशमा खासगरी कतार र साउदी अरबमा त्यहाँस्थित कामदारको जाँच गर्न त्यहाँका सरकार र नेपाली नियोगहरुसँग समन्वय गरिरहेको छ।

यसबाहेक पनि सचेतना, सावधानी र समस्या समाधानमा सरकारी कदमहरुमा साथ दिँदै सहयोग गर्न विवेकशील सकृय रहेको विवेकशील कोरोना भाइरस रोकथाम तथा समन्वय समितिले जनाएको छ।

दलले आमनागरिकहरुलाई सचेत रहन र सरकारी निर्देशनहरुको पालना गर्न आव्हाहन गरेको छ भने सरकारलाई युद्धस्तरमा काम अघि बढाँउदै न्युन आय भएका नागरिकको गाँसबाँसका लागि प्याकेज ल्याउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .