चैत १५ गतेको हिंसात्मक राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नभागेको दाबी गरेका छन्।
बिहीबार भिडिओमा देखिएका प्रसाईंले आफू व्यक्ति मात्रै नभएर विचार भएको दाबी गरे।
‘भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुन्छ। यात्रा भनेको एउटा व्यक्तिले नै सुरु गर्ने हो। र, यस्ता अप्ठ्यारा कुराहरू एउटा व्यक्तिबाटै सुरु हुन्छ। र एउटा व्यक्तिबाटै विचार हुन्छ’ उनले भनेका छन्, ‘दुर्गा प्रसाईं केवल व्यक्ति दुर्गा होइन, घर घर दुर्गा हर हर दुर्गा, दुर्गा एउटा विचार हो।’
उनले पेरुका गोञ्जालोको उदाहरण दिँदै आफै नरहे राजावादी आन्दोलन सेलाएर जाने दाबी पनि गरेका छन्।
उनले भनेका छन्, ‘म भागेको होइन। पहिला दुईवटा केस त म भागिन। यसमा म जोगिएको हो।’
गर्मी ठाउँमा लगाइने हाप टिसर्टमा देखिएका प्रसाईंको ब्याकग्राउन्डमा भने हिमताल जस्तो देखिन्छ।
प्रसाईं अगाडि थप्छन्, ‘किनभने म रहेँ भने यो अभियान सफल हुन्छ। यो जनविद्रोह सफल हुन्छ। म नै रहिन भने यो जनविद्रोह यत्तिकै दबाएर लान्छन्।’
Shares

प्रतिक्रिया