नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि नेपाली कांग्रेस(वीपी) गठन गरेका डढेलधुराका नेता कर्ण मल्ल राजावादीको आन्दोलनमा मिसिएका छन्।
राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनका लागि डा.जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलन समितिले बुधाबार काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएर उनले राजवादीहरुको आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन्।
अहिलेका शासकहरुले नेपालको पहिचान र धर्म मासिरहेको भन्दै भन्दै मल्लले राजा ज्ञानेन्द्र शाह नेतृत्वमा आन्दोलन सफल हुने विश्वास व्यक्त गरे।
‘अहिलेका शासकले नेपालको धर्म, पहिचान मारिरहेका छन्,’ उनको भनाई छ, ‘नेपालका राजसंस्था पर्नुस्थापना गर्न यो पाँचौं आन्दोलन राजा ज्ञानेन्द्रको नेतृत्वमा सफल हुनेछ।'
1.6k
Shares

प्रतिक्रिया