राजनीति


दुर्गा प्रसाईंलाई भगाएर मञ्चमा बसेका नेतामाथि धरपकड गरियो: राजेन्द्र लिङ्देन

दुर्गा प्रसाईंलाई भगाएर मञ्चमा बसेका नेतामाथि धरपकड गरियो: राजेन्द्र लिङ्देन

नेपालखबर
चैत २६, २०८१ मंगलबार १५:४६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरीसँग आक्रोश पोखेका छन्। पार्टीले बल्खुमा गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले चैत १५ गते तीनकुनेमा भएको घटनामा दुर्गा प्रसाईँलाई भगाएर सरकारले आफ्ना नेतामाथि धरपकड गरेको आरोप लगाएका हुन्।  

‘दुर्गा प्रसाईँलाई पक्रिन सक्नुहुन्थ्यो। दुर्गा प्रसाईँलाई ढुक्कले सटरभित्रबाट निकालेर पठाउनुभयो तर, मञ्चमा बसेको नेतालाई बोल्न नदिई लखेट्नुभयो,’ उनले भने।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले हिंसात्मक प्रदर्शन गर्न निर्देशन दिएको आरोपमा पक्राउ गरेको छ। उनीहरू प्रहरी हिरासतमै छन्।  

उनले राजावादीमाथि राज्यले आतंक सिर्जा गरिरहेको पनि आरोप लगाए।  'प्रधानमन्त्रीले अघिल्लो दिन युवालाई भेला पारेर के के भन्नुभयो। हामीले राज्यको तर्फबाट कुन प्रकारको आतङ्क सिर्जना गरिएको छ राम्रोसँग हेरिएको छ। दुनियाँले हेरिरहेको छ। सविन महर्जनले के गरेको थियो र गोली हानिएको?’ उनले प्रश्न सोधे। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। केही घाइते अहिले पनि उपचाररत छन्। त्यस्तै प्रदर्शनकारी उग्र बन्दा निजी घर तथा सरकारी संरचना तोडफोड र आगजनी गरिएको थियो। 

तीनुकनेको प्रदर्शनको कमान्डर प्रसाईं थिए। उनी अझै फरार छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad