राजनीति


राजतन्त्र निरंकुश थिएन: राप्रपा नेता श्रेष्ठ

राजतन्त्र निरंकुश थिएन: राप्रपा नेता श्रेष्ठ

नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उज्जलकृष्ण श्रेष्ठले राजतन्त्र फालेकोमा पश्चताप गरेका छन्। विगतमा राजा फाल्ने आन्दोलनमा आफू पनि सहभागी भएको उल्लेख गर्दै पश्चताप गरेका हुन्।  

पार्टीले बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र निरंकुश नभएको पनि दाबी गरे।  

'मैले पनि राजाको प्रत्यक्ष शासन भोगेको थिएँ, त्यो निरंकुश थिएन। हामीलाई तपाईं हाम्रै छोरा राजाको ठाउँमा राष्ट्रपति हुन्छ भनेर आन्दोलनमा ल्याइयो,' उनले भने, 'तर, यी फटाहा, लुटेराहरूले आफैँले लुटेर खान ल्याएको व्यवस्था रहेछ।'

दलीय व्यवस्था निलम्बन, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सम्पर्क कटौती, स्वतन्त्र हिँड्डुल गर्न समेत प्रतिबन्धित अवस्थालाई उनले निरंकुश नभएको र जनताकै पक्षमा राजाले काम गरेको दाबी गरे।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad