राजनीति


‘अन्तिम इच्छा’पछि रविको अर्को भिडिओ: ‘मार्नुहुन्छ भने मार्नुस्, कि त्यस्तो आदेश छ?’

‘अन्तिम इच्छा’पछि रविको अर्को भिडिओ: ‘मार्नुहुन्छ भने मार्नुस्, कि त्यस्तो आदेश छ?’

शुक्रबार राति घरमै पुगेका प्रहरीलाई गिरफ्तारी दिँदै गर्दा रवि र उनको ‘अन्तिम इच्छा’ सोध्ने डीएसपी


नेपालखबर
चैत २४, २०८१ आइतबार १०:०, काठमाडौँ

सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको आदेशपछि शुक्रबार राति काठमाडौँस्थित निवासबाटै पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार (चैत २३) देखि रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। 

हिजो शनिबार र आज (आइतबार) पनि राम नवमीको सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भोलि सोमबार मात्रै अदालत पेस गर्ने तयारी छ। 

यसबीच उनलाई पक्राउ गर्न प्रहरी शुक्रबार राति उनको निवासमा पुग्दाका केही भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

रवि गिरफ्तार गर्न पुगेका एक डीएसपीले ‘अन्तिम इच्छा’ सोधेको भिडिओपछि अहिले अर्काे भिडिओ भाइरल भइरहेको छ। 

जसमा रास्वपा सभापति लामिछानेले प्रहरीलाई ‘आफू प्रधानमन्त्री हुन छाडेर आएको मान्छे, फुलीको चिन्ता नगर्नुस्, देशको चिन्ता गर्नुस्’ भनिरहेका छन्। 

भिडिओमा उनले प्रहरीसँग आफूलाई ५/१० मिनेट समय दिन आग्रह गरिरहेको देखिन्छ।

भिडिओमा रवि भन्छन्, ‘अन्यायको हद नगर्नुस्, मार्नुहुन्छ भने मार्नुस्, कि त्यस्तो आदेश छ?’

प्रहरी अधिकारी भन्छन्, ‘होइन।’

फेरि रवि भन्छन्, ‘रेस्पेक्टफुल्ली पनि तपाईंले सबैले गर्न पाउनुहुन्छ।...तपाईं दुइटा फुली बढाउनुहोला, म प्रधानमन्त्री हुन छोडेर हिँडेको मान्छे हुँ, फुलीको चिन्ता नगर्नुस्, देशको चिन्ता गर्नुस्। पाँच मिनेट, सात मिनेटदेखि १० मिनेटसम्म कुरिदिनुस् हुन्छ?’

यसपछि उनी कोठातर्फ लागेको देखिन्छ। 

भिडिओ-

रविले शुक्रबार राति पक्राउ गरिनुअघि फेसबुकमा आफैँ गिरफ्तारी दिन तयार रहेको लेखेका थिए। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।      

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad