राजनीति


अबको समय कीर्तिपुरको डाँडामात्र होइन, अन्त पनि दुई-चार लाख कमाउने बनाउने हो: गगन थापा

अबको समय कीर्तिपुरको डाँडामात्र होइन, अन्त पनि दुई-चार लाख कमाउने बनाउने हो: गगन थापा

नेपालखबर
चैत २३, २०८१ शनिबार १६:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन्। शनिबार एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०-०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको बताएका हुन्। 

उनले अबको एक दशक आईटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने भन्नेबारे योजना बनाउने समय भएको बताए। 

‘हामी अबको ८-१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ। कीर्तिपुरको डाँडामात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरुले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ । त्यो पोटेन्सियल हामीसँग छ,' उनले भने, 'तर त्यसका निम्ति सोच्नुपर्नेछ। त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ। हाम्रो सुरुवात भइसक्यो अलिकति गति बढाउनुपर्नेछ। हाम्रो गति पुगेको छैन। यो हाम्रो लागि एउटा अवसर हो।'

उनले अबको कुराकानी आईटीको विकास कसरी गर्ने भन्नेबारे हुनुपर्ने बताए। 'हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ’ उनले भने। 

महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad