राजनीति


जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल

जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल

नेपालखबर
चैत २३, २०८१ शनिबार १४:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुई महिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ। चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्ने जनाइएको छ। 

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए। उनले भने, “कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ।” 

सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्न सकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ। विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उनले अन्य दलहरू पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गरे। चितवनबाट दिएको सन्देश देशभर छिटो प्रवाह हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad