राजनीति


प्रधानमन्त्री ओली र थाइल्यान्डका व्यवसायीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्यान्डका व्यवसायीबीच भेटवार्ता

नेपालखबर
चैत २१, २०८१ बिहिबार ९:५२, काठमाडौँ

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीले भेटवार्ता गरेका छन्। 

भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्य पनि सहभागी रहेका प्रधानमन्त्री ओलीको सचिवालले जनाएको छ। 

प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावातबीच हिजो भेटवार्ता भएकाे थियाे।

थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार ओली थाइल्यान्डको बैंकक पुगेका हुन्।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad