राजनीति


कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

नेपालखबर
चैत २०, २०८१ बुधबार १७:१, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा गएको छ।

बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।  

यसअघि मंगलबार पनि रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा मंगलबारदेखि सुनुवाइ चलिरहेको छ।

न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो। कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

हितेन्द्रदेवले भने कुलमानको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन्। उनले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि गरेका छन्।

बुधबार हितेन्द्रदेव शाक्यका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, टीकाराम भट्टराई, सतीशकृष्ण खरेललगायतले बहस गरेका थिए। 

यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए।

थप सरकारी वकिल र हितेन्द्रदेवका केही कानुन व्यवसायीको बहस बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad