कारोबार


चेम्बर र टुरिजम काउन्सिल थाइल्यान्डबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी

चेम्बर र टुरिजम काउन्सिल थाइल्यान्डबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपालखबर
चैत २०, २०८१ बुधबार १७:१, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ। 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका  प्रधानमन्त्री पेइतोङत्रान सिनावात्राको उपस्थितिमा बैंककमा भएको समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरे। 

दुई मुलुकबीच  पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सांस्कृतिक प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रुपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रवर्द्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरी समझदारी भएको हो।

यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरले जनाएको छ। नेपालको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधि बढाउन सो सम्झौता महत्वपूर्ण भएको अध्यक्ष अग्रवालले जानकारी दिए। 

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तराष्ट्रिय सम्वन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा सहभागि छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad