राजनीति


तीनकुने घटनामा प्रहरीले चलाएको थियो ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास

तीनकुने घटनामा प्रहरीले चलाएको थियो ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास

नेपालखबर
चैत १९, २०८१ मंगलबार १६:३२, काठमाडौँ

काठमाडौको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा प्रहरीले ५८ राउण्ड ग‍ोली चलाएको पाइएको छ। काठमाडौँ प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार उग्र राजावादीको भीडलाई नियन्त्रणमा लिन ५८ राउण्ड गोली र ७४६ राउण्ड ग्याससेल प्रहार गरिएको थियो। 

त्यस्तै पेस्तोलबाट २ राउण्ड प्रहार भएको प्रहरीले जनाएको छ। त्यस्तै ब्याङ्क (आवाजमात्र आउने गोली) १९२ राउण्ड प्रहार गरिएको थियो। भीड नियन्त्रणमा लिनका लागि २४ लाठी, शिल्ड ३३, कार्टिज २३९, हेल्मेट खर्च भएको प्रहरीले जनाएको छ। 

घटनामा ५५ जना नेपाल प्रहरी घाइते भएको र उनीहरू सबै डिस्चार्ज भइसकेको प्रहरी स्रोतको भनाइ छ। 

भीड नियन्त्रणमा लिनेक्रममा २२ जना सशस्त्र प्रहरी घाइते भएको र यीमध्ये १ जना उपचारार्थ भएको, अन्य डिस्चार्ज भइसकेको बताइएको छ। 

प्रदर्शनमा ५२ जना प्रदर्शनकारी घाइते भएको र यीमध्ये १७ जना अझै उपचाररत रहेको बताइएको छ। 

प्रदर्शनमा सहभागी १२६ जनालाई नियन्त्रणमा लिइएको थियो भने यीमध्ये ८५ जना छुटिसकेका छन्। पक्राउ परेका ४१ जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।  

साेमबार यता पक्राउ परेकालाई बुधबार म्याद थपका लागि अदालत लगिएकाे छ। 

चैत १५ गते राजावादीहरूले व्यवस्था परिवर्तन भन्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए। उनी फरार छन्।

त्यस्तै यो प्रदर्शनमा राप्रपा पनि संलग्न थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हिंस्रक प्रदर्शनमा प्रत्यक्ष संलग्न थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेर अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad