राजनीति


म्यानमारका भूकम्पपीडितलाई राहत दिन सरकारले जहाज पठाउने

म्यानमारका भूकम्पपीडितलाई राहत दिन सरकारले जहाज पठाउने

नेपालखबर
चैत १९, २०८१ मंगलबार ०:१६, काठमाडौँ

सरकारले म्यानमारका भूकम्पपीडितलाई सहायता सामग्री पठाउने भएको छ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारका विभिन्न निकायमा मौज्दात रहेको राहत सामग्री म्यानमार पठाउन लागिएको हो। हाल मौज्दात रहेको सामग्री पठाउने र त्यसको शोधभर्नाका लागि तत्कालै अर्थ मन्त्रालयले ती निकायहरुलाई रकम निकासा गर्ने निर्णय भएको उनले बताए।

नेपाल वायु सेवा निगमको जहाजमा राहत सामग्री पठाइनेछ। अर्थ मन्त्रालयले जहाजको भाडा भुक्तानी दिनेछ। 

यस्तै नेपाली सेनाले आफ्नै जहाजमा मेडिकल उपकरणसहितको टोली पठाउने भएको छ।   

म्यानमारमा गत शुक्रबार (चैत १५ गते) गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। 

म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भएको हो। यस्तै ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना बेपत्ता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad