राजनीति


मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य

मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य

नेपालखबर
चैत १८, २०८१ सोमबार २३:१४, काठमाडौँ

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक यो निर्णय गरेको हो।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय भएको बैठकपछि एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

हिउँदे अधिवेशत गत माघ १८ बाट सुरु भएको थियो।

सरकारले ल्याएका ५ वटा अध्यादेश दुवै सदनबाट पारित भएपछि संसदको अधिवेशन नै अन्त्य गरेको हो।

अब पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रयोजनका लागि सरकारले बर्खे अधिवेशन बोलाउनेछ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बोलाइएको छ।

राष्ट्रिय सभाको बैठक भने चैत २५ बजे सवा १ बजे बोलाइएको भए पनि बस्न नसक्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार नै बिमस्टेक सम्मेलनका लागि थाइल्यान्डको बैंकक जाँदै छन्।   

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad