राजनीति


प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने

प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने

नेपालखबर
चैत १९, २०८१ मंगलबार ०:३९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्ने भएका छन्।

बिमस्टेक सम्मेलनमा मंगलबार थाइल्यान्डको बैंकक जान लागेका प्रधानमन्त्री ओलीले एआईटीमा सम्बोधन पनि गर्ने भएका हुन्।

यसलाई द्विपक्षीय औपचारिक भ्रमणको समेत रुप दिइएको छ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायतावापत् १ लाख अमेरिकी डलर दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

एआईटीले हाल आर्थिक संकट व्यहोरिरहेकाले उक्त रकम दिने निर्णय भएको गुरुङले बताए। उनका अनुसार नेपाल एआईटीको संस्थापकमध्ये एक रहेको र बोर्ड अफ ट्रस्टिजमा पनि भएको कारण उक्त रकम दिन लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad