राजनीति


राष्ट्रियसभाबाट पारित भए पाँचवटै अध्यादेशको प्रतिस्थापन विधेयक

राष्ट्रियसभाबाट पारित भए पाँचवटै अध्यादेशको प्रतिस्थापन विधेयक

नेपालखबर
चैत १८, २०८१ सोमबार १७:९, काठमाडौँ

राष्ट्रियसभाले पनि पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ। आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराए।

प्रतिनिधि सभाले चैत ४ गते र ६ गते दुई दिनमा ५ वटा अध्यादेशहरूको प्रतिस्थापन विधेयक पारित गरी राष्ट्रिय सभामा पठाएको थियो। तर राष्ट्रिय सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पहिलोपटक विधेयकमा तीन महले नभएको भन्दै रोकेको थियो।

दोस्रोपटक विधेयकको नाममा प्रतिस्थापन उल्लेख नभएको भन्दै नियमापत्तीमार्फत बैठक रोकेको थियो। त्यसयता ५ दिन कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाएको विषयमा विरोध स्वरुप प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा अवरुद्ध गरेका थिए।

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरिएको हो।

राष्ट्रियसभामा संशोधनसहित दफावार छलफलपछि विधेयक पारित गरिएको हो। सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ। राष्ट्रियसभाको अर्को बैठक यही चैत २५ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad