राजनीति


प्रधानमन्त्रीको प्रश्न: राजा बन्छु भन्नेले आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?

प्रधानमन्त्रीको प्रश्न: राजा बन्छु भन्नेले आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?

फाइल तस्बिर: पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओली


नेपालखबर
चैत १८, २०८१ सोमबार १७:१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेका हिंसा, तोडफोड र आगजनीका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने ताण्डवको मूल जिम्मेवार व्यक्ति शाह नै भएको जिकिर गर्दै उनको धारणा मागेका हुन्। 

‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न’, प्रधानमन्त्री ओलीले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?’

उनले अगाडि भने, ‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ।’

यस क्रममा प्रधानमन्त्री ओलीले तीनकुने घटनाको अघिल्लो दिन चैत १४ गते पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निर्मल निवासमै झिकाएर हिंसाको योजना बनाएको आरोप पनि लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad