राजनीति


मलाई जिउँदै छोडियो, यही मेरो जित हो: रवि लामिछाने

मलाई जिउँदै छोडियो, यही मेरो जित हो: रवि लामिछाने

नेपालखबर
चैत १८, २०८१ सोमबार १५:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्।  

६ महिनापछि पार्टी कार्यालय फर्किएका लामिछानेले नेता कार्यकर्तालाई सम्बोधन गर्दै सरकारले आफूलाई जिउँदो छाड्नु नै आफ्नो जित भएको बताएका हुन्। 

‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु। अदालतको आदेशको अपव्याख्या गरेका छन्। दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो,’ उनले भने। 

उनले आफूलाई डराउँछ भनेर अनेक क्रियाकलाप गरे पनि नडराउने र टुलुटुलु हेरेर नबस्ने बताए। 
'यो डराउँछ भन्ने लागेको होला तर म लड्छु,' उनले भने, 'तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ। थप केही मुद्दा लगाउनु छ भने लगाओस्।’

लामिछाने कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ परेका थिए। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई त्यहाँबाट कास्कीको पोखरा लगिएको थियो। 

पार्टी कार्यालय फर्किएका रविले कांग्रेस-एमालेलाई भने: दुई चोर मिलेर साधु हुँदैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad